निर्देशक दाहालले अमेरिकामा बनाएको नेपाली सर्ट फिल्म ‘शङ्का’ सार्वजनिक (भिडियोसहित)

news-details

पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै आएका छन् ।

यसै अमेरिकामा रहेर पनि चलचित्र, भिडियो निर्माण निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ । यो सर्ट फिल्मलाई सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

यो चलचित्रकोे छायाँकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरीएको थियोे । लघु चलचित्र शंकामा चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे , भुवन लोहनी, सन्दिप अर्यालसहितका कलाकारको अभिनय रहेको छ ।

चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोल् कलर र मुकेश साहको मिक्सिंग तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको शंकामा सुदन डोटेल र सरोज प्याकुरेलले शबटाइटल गरेका छन ।

श्रीमान श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ । निर्देशक सुमनले भने, ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक चलचित्र बनाएका छौ । ’

हालैमात्र उनले हेर्दा हेर्दै यो केटी, यो जीवन मिठो , तिमीसग छुट्टिएर सहित केही म्युजिक भिडियो पनि त्यहीँबाट निर्माण/निर्देशन गरेर सार्वजनिक गरिसकेका छन् । उनले केही महिना यताबाट आफ्ना निर्देशनमा नियमति रुपमा अमेरिकाबाटै ल्याक्सिनटन दोहोरी कार्यक्रम निर्माण एवम् प्रस्तुत गर्दै आएका छन् ।

मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पूर्व उपाध्यक्ष हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *