गीतकार निरकमलको ‘मायामा तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक

news-details

काठमाडौँ — निरकमल खड्काको शब्दमा गायक प्रमोद निर्वानको आवाजमा रहेको गीत ‘मायामा तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मायामा तिम्रो मायामा’ को संगीत संयोजन निर्वानले नै गरेका छन् । गीतको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।

म्युजिक भिडियोमा नायिका अन्जना दवाडी र सूर्य नेपालीले अभिनय गरेका छन् । भिडियोको छायाङ्कन दीपक गिरीले गरेका हुन भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

गीत र भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको गीतकार निरकमलले सुनाए । म्युजिक भिडियो ओएसआर डिजिटल मार्फत सोमबारदेखि बजारमा आएको निर्माता यमुना कार्की खड्काले बताइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *