लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पक्राउ

news-details

र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।

लागूऔषध सेवन गर्दै गरेको अवस्थामा रानासँगै उनका चार जना साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *