चलचित्र ‘ओभरडोज’ले दर्शक तान्दै (ट्रेलरसहित)

news-details

नेपाल स्वास्थ्य व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष तथा सफल व्यवसायी जीवनकुमार केसीले निमार्ण गरेको नेपाली कथानक चलचित्र ‘ओभरडोज’ नेपालभर प्रदर्शनमा आएको छ । अमेरिकामा छायांकन तथा निमार्ण गरिएको चलचित्र हेर्नका लागि अहिले हलहरुमा दर्शकको भीड बढेको छ ।

गत शुक्रवार दरवारमार्गमा अवस्थित क्युएस हलमा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्टसहितका टिमले चलचित्र हेरेका छन् । चलचित्रले युवापुस्ताको विदेश मोह र विदेशमा भोग्ने समस्यालाई चित्रण गरेको छ ।

चलचित्रमा स्वदेशी तथा विदेशी प्रख्यात कलाकारले अभिनय गरेका छन् । नेपाली युवा विदेश गएपछि कसरी लागुऔषधमा फस्छन् भन्ने सन्देश दिने चलचित्रा प्रेम, रोमान्स र एक्सनले भरिएको छ ।

चलचित्र क्षेत्रमा पाइला हालेका व्यवसायी केसीले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया आइरहेको जानकारी दिएका छन् । दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र सुमन पौडेलले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता जीवन केसीले बताए ।

‘ओभर डोज’ रिलिजको अर्काे उद्देश्य फिल्म क्षेत्र चलायमान गराउनु समेत रहेको निर्माता केसीको भनाई छ । केसीले चलचित्रको माग यूएई, अष्ट्रेलिया तथा अन्य देशबाट आइरहेकोले विदेशमा पनि लैजाने तयारी भइरहेको बताएका छन् ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्ने छ ।

हेर्नुहोस ट्रेलर

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *