किरण गजमेरलाई अनेसासको ट्रस्टी प्रदान

news-details

अमेरिका निवासी द भ्वाइस अफ नेपाल रियालिटी सोका विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।

अनेसास वर्तमान विधान बमोजिम ट्रस्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रस्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतमा उनको योगदानको उच्च प्रशंसा गरेका छन् ।

अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रस्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउँदै ट्रस्टीका सभापति गीता खत्रीले भने ( किरणजस्ता कला, सङ्गीत, गायनमा ख्याति प्राप्त युवाहरूलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ ।

यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली सङ्गीतको सेवामा समर्पित किरणको साङ्गीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताए । अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *