नायिका जेनी कुँवरले गरिन आत्महत्या, शवसँगै भेटियो ‘सुसाइड नोट’

news-details

नायिका तथा निर्माता जेनी कुँवरले आत्महत्या गरेकि छिन ।

काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *