नवगायिका प्रतिमा केसीको पहिलो सांगितिक कोसेली ‘माया लाइसक्यो’ गीत सार्वजनिक भएको छ । गीतमा केसीलाई गत वर्षको नेपाल आइडलका फस्ट रनरअप प्रविण वेडवालले साथ दिएका छन ।

सप्तक म्यूजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतलाई किसन सुवेदीले लेखेका हुन भने संगित सिएल शर्माले भरेका हुन । यस्तै गीतमा कुसल सिंहको कोरियोग्राफि रहेको छ ।

गीतको छायांकन, निर्देशन र सम्पादन विरेन्द्र धामीले गरेका छन भने मिक्सिङ किशोर थापाको रहेको छ । गीतको पोष्ट प्रोडक्सन बुद्ध क्रियसनको रहेको छ ।

विशेषगरी युवा पुस्ता र माया प्रेमको विषय समेटिएको गीत केहि अघि नै तयार भएपनि कोरोना संक्रमणका कारण भिडियो छायांकन रोकिदा अहिले डमि भिडियो तयार गरेर सार्वजनिक गरिएको नवगायीका केसीले बताइन ।

‘पहिलो प्रयास भएपनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हुदा यसबाट निकै उत्साही र आशावादी पनि छु’ नवगायिका केसीले आम दर्शक तथा श्रोताहरुलाई एक पटक गीत सुनेर प्रतिक्रिया दिन अनुरोध गर्दै भनिन –‘यहाँहरुको साथ सहयोग रहे आगामी दिनमा अझ मिठा गितसंगित पस्कने नै छु ।’

हेर्नुहोस गीतको पुरा भिडियो :