बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

news-details

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । सास फेर्न गाह्रो हुने र छातीमा अन्य समस्या देखिएपछि उपचारका लागि गायक प्रधानलाई अस्पताल पु¥याइएको थियो ।

पारिवारिक श्रोतका अनुसार गायक प्रधानको विहीबार (आज) १ः४५ बजे न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना रिपोर्टसमेत नेगेटिभ आएको पारिवारिक श्रोतले जनाएको छ ।

वि.सं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधानको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’लगायतका चर्चित गीतहरु रहेका छन् ।

एकताका गायक प्रधानलाई निक्कै चर्चित र स्टाइलिस गायकका रुपमा समेत परिचित थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *