सिटी एक्सप्रेसद्धारा गायक र संगीतकारलाई सम्मान

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७’बाट गायनतर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीततर्फ बरिष्ठ संगीतकार प्रकाश गुरुङलाई जनही ५०,००१ नगदसहित सम्मानित गरेको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यतादेखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदंै आएको छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *