प्रतापदास र जानुका लामिछानेको नयाँ गित ‘मस्कि-मस्कि’ बजारमा

news-details

नेपाली गीत-संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नव गायिका जानुका लामिछानेको नयाँ गीत मस्की मस्की डिएआर मुभिज एंड फिल्म्स इ प्रा लिको औपचारिक युटुब च्यानलबाट बजारमा आएको छ ।

गीतमा शब्द र संगीत अहिलेका व्यस्त तथा नेपाली संगीतका अद्धस्य कलाकार प्रभावन जेको रहेको छ भने भिडियोमा सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ ।

प्रभावन जे स्वयंले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँईको छायांकन, डिन्सन शाहको सम्पादन, माहि सिंहको मेकअप, राजा राम गौतमको चरित्र निर्देशन रहेको छ भने व्यवस्थापन विवेक चौलागाई, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य निर्देशन माधव श्रेष्ठले गरेका छन् ।

नवगायिका जानुका लामिछानेको अन्य गीतको पनि तयारी रहेको र छिट्टै क्रमबद्ध रूपमा आउने डिएआर मुभिजका राजा राम गौतमले बताएका छन् ।

डिएआर मुभिज र प्रभावन जे को टिम नया कलाकारहरुलाई प्रोत्साहन र पुरानालार्इ सम्मान भन्ने मूल नारासहित नया पुराना कलाकारलाई समेटी अगाढी बढ्ने कोसिस गरिरहेको कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलालले बताए ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *