सबिता ढुंगानाको लोक दोहोरी गीत ‘शितल दिने कर्के नजर’ बजारमा

news-details

 

नेपाली लोकगीत संगीतको बजारमा दिनै जसो नयां नयां लोक दोहोरी गितहरु बजारमा आइरहेका छन् । पछिल्लो समय कांठ क्षेत्रका गीतहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गीतहरुले अत्याधिक चर्चा कमाएका छन् ।

त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरी कोशेलि ‘शितल दिने कर्के नजर’ बजारमा आएको छ । उक्त गीतमा लय शब्द स्वयं सबिता ढुंगानाको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् ।

मिलन फिल्म्सले निर्माण गरेको गीतलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन । यस्तै गीतमा मुकेश हुमागाईको छायांकन, रोशन धितालको सम्पादन तथा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिरा ढुंगाना लगायतको अभिनय रहेको छ ।

नेपाली लोक दोहोरी छेत्रमा आफ्नो पहिचान स्थापित गर्न यो गीततले केहि टेवा पुर्याउने विश्वास लिएको गायिका सबिता ढुंगानाले बताउनुभयो । गीत डीएआर मुभिज एंड फिल्म्स प्रा लिको आधिकारिक च्यानलमार्फत बजारमा आएको हो ।

भिडियो हेर्नुहोस 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *