प्रणय दिवसको अवसर पारेर एलिना चौहान र विपिन भट्टराईको आवाज रहेको गीत ‘हासी दिन काटौला’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित संगितकार कमल अधिकारीको संगित संयोजन तथा गीतकार हरि कटुवालको शब्द रहेको गीत संगितकार अधिकारीको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा माया प्रेमको विषयमा रहेको छ । यसअघि अधिकारी र कटुवालको जोडीले सार्वजनिक गरेका गीत दर्शकश्रोतामाझ लोकप्रिय हुनुका साथै युटुवमा धेरै भ्युज पाउन सफल भएका थिए ।

हेर्नुहोस गीतको भिडियो