कोरियन सिरिज ‘द किङ इज इन लभ’ डिशहोमको रियालिटी टिभीमा

news-details

डिशहोमले यहि माघ २९ गतेदेखि नयाँ कोरियन सिरिज ‘द किङ इज इन लभ’ प्रशारण गर्ने भएको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे ‘द किङ इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण गर्न लागेको जानकारी दिएको छ ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवासहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको जनाएको छ ।

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्ने तयारी गरिरहेको डिशहोमले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *