“सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” बाट मोडल अनिता गिरी अवार्ड चुम्न सफल

news-details

म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् ।

उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् । उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चुमिसकेपछि आफूलाई कामप्रति कर्तव्यबोध गराएका उनले बताइन् । अवार्डले अभिनयको क्षमतामाथि चुनौति थपिएको बताइन् ।

टीका बमजनको शब्द संगीत रहेको उक्त गीतमा जीवन तामाङ र मेचु धिमाल स्वरको गीतमा मोडल अनिता गिरीको अभिनय छ । मोडल अनिताले विज्ञापनहरुमा समेत अभिनय गरेकी छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *