‘एसिड भिक्टिम’को विषयमा बनेको गीत ‘फ़िजाइं पंख’को म्यूजिक भिडियो सार्वजनिक

news-details

‘एसिड भिक्टिम’को विषयमा बनेको गीत ‘फ़िजाइं पंख’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

डिज जोशीको स्वर, शब्द तथा संगीत संयोजनमा तयार भएको गीत गायक जोशीकै युटयुव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गौरव पहारी, बेनिशा हमाल, जेवी डिसी, कमलमणि नेपाल, सुनिता श्रेष्ठ लगायतको जिवन्त अभिनय देख्न सकिन्छ ।

सांगीतिक कथा भनिएको उक्त म्युजिक भिडियोले एसिडले छ्यापिए पछि पिडितलाई समाजमा कसरी पुनर्स्थापना गर्ने भन्ने विषय देखाउन खोजेको छ ।

गीतको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । गीतमा सहायक निर्देशन नेत्र राउत, सुप्रिम पराजुली एडिट तथा कलरिङ्ग, मिक्शिंग मास्टरिङ्ग दिनेश श्रेष्ठ, फोटोग्राफर बालकृष्ण बस्याल, ड्रेस डिजाइनर तेंजु योञ्जन, प्रोडक्सन कन्ट्रोल र मेक अप बिक्रम गौतमको रहेको छ ।

हेर्नुहोस गीतको म्यूजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *