गणेश गिरीको निर्देशन तथा रचना र निरायुको स्वरमा रहेको ‘तिमीलाई देखेपछि’ गीत सार्वजनिक (भिडियोसहित)

news-details

रचना रिमाल र निरायु गौतमको स्वर रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

ओएसआर डिजिटलको युटयुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा निरायु गौतमको शब्द र ओम सुनारको संगीत रहेको छ ।

चर्चित कलाकार तथा चलचित्र निर्माता समेत रहेका गणेश गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा स्वय गिरीका अलवा निरायु गौतम, जाबे रिया केसी, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे र निसु आइडुको अभिनय देख्न सकिन्छ । भिडियोमा सौरभ लामाको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ ।

यस अघि चलचित्र पञ्चायत र कोपिला निर्माण गरेका गणेशले बर्बाद, आगो २, पंचायत र कोपिला, म यस्तो गीत गाउछु २ लगायतका चलचित्रमा अभिनय गरेका छन् । गिरीले यसै भिडियोमार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् ।

हेर्नुहोस गीतको म्यूजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *