सुमी मोक्तान र बिजु पार्कीले जिते ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि

news-details

हिमालय टेलिभिजनको चर्चित शो डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र बिजु पार्कीले जितेका छन् ।

गएराति सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन्। उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरेका छन् ।

यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरे भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

शोमा निर्णायकको भुमिकामा रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *