चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गर्दै

news-details

चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिवाह गर्न लागेका हुन् ।

आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको र यसको लागि अहिले तयारी भैरहेको गजुरेलले पुष्टि गरेका छन । तर उनले कोसँग विवाह हुन लागेको हो त्यो भने खुलाएका छैनन ।

२०५३ सालमा ढकाल र गजुरेलबीच प्रेम विवाह भएकोमा दुवैको आपसी सहमतिमा २०७४ सालमा पारपाचुके भएको थियो । उनीहरूका एक छोरा र छोरी रहेका छन् । दुवै सन्तान गजुरेलसँग बस्दै आएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *