चलचित्र ‘आर्या’को ‘हाम्रो धर्ती’मा बोलको गीत सार्वजनिक (गीतको भिडियोसहित)

news-details

लकडाउनका कारण प्रदर्शन रोकिएको नेपाली कथानक चलचित्र ‘आर्या’ले ‘हाम्रो धर्ती’मा बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेसँगै चलचित्रको प्रचार आरम्भ भएको जानकारी दिएको छ ।

तिमिल्सिना फिल्म प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रको उक्त गीत पर्यटकीयस्थल तनहुको मानुङ डाँडामा छायांकन गरिएको छ ।

ओएसआर डिजिटलको युटुव च्यानलबाट सार्वजनिक गरिएको ‘हाम्रो धर्ती’मा बोलको यस गीतमा मेलिना राइको स्वर, राम सिटौलाको संगीत र लक्ष्मण सिटौलाको शब्द रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका शिल्पा पोखरेललाई फिचरिङ गरिएको छ । उपेन्द्र तिमिल्सिनाले यो चलचित्रको निर्देशन गरेका हुन् ।

दिव्यराज सुवेदीको छायांकन, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको चलचित्रमा शिल्पाको साथमा अनुप विक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

हेर्नुहोस गीतको म्यूजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *