कोरियाबाटै युगलकिशोरको गायक बन्ने धोको

news-details

समय जहिल्यै एकनाश हुँदैन । समयसँगै मानिसका जीवनमा धेरै उतार चढाव आउँछन् । हरेकका इच्छा र आकांक्षा एकातिर हुन्छन् समयले अर्कैतिर मोडिदिन्छ । त्यसैले त भन्ने गरिन्छ, सोचेजस्तो हुन्न जीवन । सायद सोचेजस्तो हुँदो हो त पाँचथर मिक्लजुङका युगल किशोर लिम्बू (शेर्मा) नेपाली सेनाको जागिरलाई चटक्कै छोडेर दक्षिण कोरिया पुग्ने थिएनन् होला । तर, प्रवासमा भएपनि आफ्नो दबिएको वा ओझेलमा परेको जीवनको लक्ष्यलाई उनले छोडेका छैनन् ।

हो, सानै उमेरदेखि गीतसँगितमा रमाउने युगलकिशोर लक्ष्यमा नेपाली साँगितिक आकासमा एउटा नवितम इँटा थप्ने थियो । समय र परिस्थितिले उनलाई केही पछाडि धकेल्यो तर अहिले उनी आफ्नो लक्ष्यलाई पछ्याइरहेका छन् ।

प्रवासमा बसेर भएपनि आफ्नो कला, प्रतिभालाई मर्न दिनु हुन्न भनेर उनले आफ्नो गायन कलालाई बाहिर ल्याएका छन् । भर्खरै दक्षिण कोरियामा नै ‘कस्तो माया बस्यो’ बोलको गीत रेकर्ड गराएर आफ्नो अपुरो चाहलाई पुरा गरेका छन् । सीता सुवेदीको शब्द र संगीतमा अशोक मुकारुङले एरेञ्जको गरेको गीत अहिले सार्वजनिक भइसकेको छ ।

भविष्यमा गीत संगीतमा नै रमाउने चाहना बोकेका युगलकिशोरको कोरियामा हुँदा नै एक साँगितिक एल्बम निकाल्ने योजना छ । उनी भन्छन्–‘एल्बमका लागि ६/७ वटा गीतहरु तयारी छर, चाँडै बजारमा ल्याउने छु ।’
केही बर्ष कोरियामा बसेर आफ्नै माटोमा फर्किने योजनामा रहेका युगलकिशोर प्रवासले पैसा र काम दिएपनि सन्तुष्टी आफ्नै देशमा मिल्ने तर्क राख्दछन् ।

२०४६ साल फागुन २७ गते बुबा देउप्रसाद शेर्मा र आमा लक्ष्मीकुमारी शेर्माबाट जन्मिएका युगलकिशोरले संगीतको प्रारम्भिक अध्ययन गरेका छन् । धरानमा नेपाल तारा र सिंगिङ्ग स्टारमा प्रतिस्पर्धा गरिसकेका युगलकिशोरको नसानसामा गीतसंगीत बगिरहेको छ ।

१३ बर्ष नेपाली सेनामा काम गरेका युगलकिशोरको जीवनको विद्यालय वा जीवन चिनाउने काम नेपाली सेनाले ग¥यो । उनी भन्छन्–‘ मलाई मेरो जीवन देखाउने अवकास प्राप्त शैनिक उपरथी रामबहादुर गुरुङ र अवकास प्राप्त प्रमुख सेनानी लालबहादुर गुरुङको सहयोगलाई म बिर्सन सक्दिन ।’

लगनशिल र भावुक स्वभावका उनी समयलाई चिनेर उचित निर्णय लिने क्षमता राख्दछन् । उनी लेखनकलामा पनि रुची राख्दछन् । साहित्य, लेख तथा रचनामा उनले कलम चलाएका छन् । नेपाल टु इन्सान लघु चलचित्र उनलेलेखेका छन् ।
नेपालको अवस्थाका कारण आज धेरै नेपाली प्रवासी भूमीमा भविष्य खोज्दैछन् । उनी भन्छन्–‘प्रवासिनु नेपालीको रहर होइन, बाध्यता हो त्यसैले ओेझेलमा परेका प्रतिभालाई कसैले लुकाउन हुँदैन ।’

आफ्नो लुकेको प्रतिभालाई प्रफुटन गर्नका लागि कुनै देशको सीमाले छेक्दैन, एक दिन अवश्य समय आउनेछ । युगलकिशोरको लुकेको प्रतिभा पनि भोलि अवश्य फुल्नेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *