आङ दावाको ‘म जन्मेको ठाउँ’ एल्बम आउदै

news-details

‘मै जन्मेको ठाउँ डोल्मू मकालु शेर्पा टाँसी गाउँ,
त्यहि ठाउँमा हुर्कीएको आङ डि शेर्पा मेरो नाउँ ।’

आहाँ कति मिठो लय र गित । जहाँ भए पनि सबैलाई आफ्नै ठाउँको याद गराउन बाध्य पार्छ यस्ले । यस्तै मिठो आभाष दिन आङदावा शेर्पाको म जन्मेको ठाउँ नामक एल्बम बजारमा चाडै आउने भएको छ । अमेरिकामा बस्दै आएका संखुवासभा मकालु टाँसी गाउँका शेर्पालाई अमेरिकामा बस्दासमेत गाउँको यादले सताएपछि उन्ले आफ्नो जन्मभूमिको सम्झना गर्दे म जन्मेको ठाउँ एल्बम बजारमा ल्याउन लागेका हुन् ।

मै जन्मेको ठाउँ डोल्मू मकालु शेपा टाँसी गाउँ,
त्यहि ठाउँमा हुर्कीएको आङ डि शेर्पा मेरो नाउँ ।
बालखैमा गाउँ छाडि चिन्छकी चिन्दैन आमाले ।
भेडि गोठ, चौरी गोठ पठाउँथ्यो बाबाले ।
डोल्मू परदेशमा याद आउँछ के गरौ के गरौ ?

गितले भने झै, उन्को मनलाई आफ्नो प्यारो जन्मभूमि त्यहि मकालु शेर्पा टाँसी गाउँले सताएका कारण उन्ले त्यहि याद र सम्झनालाई यसरी गित मार्फत व्यक्त गरेका हुन् । हुन त गित संगित भने पछि भुतुक्कै नहुने को होला र ? त्यस्तै आङ दावा पनि गित संगित भने पछि हुरुक्कै हुन्छन् । तर, आफ्नो जन्मभूमिको संझना गर्दे लेखिएका गित कमै भेटीए पनि उन्को यस गीतले अमेरिकामा उनी भए पनि त्यहि मकालु गाउँसम्म पु¥याई दिएको छ ।

अमेरिकामा बस्दाको सुख सयलसँग आफ्नो गाउँको पाखापखेरा भुल्न सकिदैन भन्ने सन्देश यस गितमा पाईन्छ । सुखसयल क्षणिक हुन्छ तर, आफुले दुःख गर्दे हुर्कीएको माटो प्यारो हुन्छ भन्ने भाव पनि गितमा पाईन्छ । चाडै बजारमा आउने यस एल्बममा संगित स्वर निकेश राईको रहेको छ भने रचना सुजन लिम्बुले गरेकाछन् । त्यसैगरी फूलन्देकी आमा र उमेश राईको भूमिका एल्बममा महत्वपूर्ण रहेको छ ।

अमेरिकाको लामो बसाईको क्रममा धेरै सामाजिक काममा संलग्न हुदै आएका शेर्पाले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दे आएका छन् । उन्ले बालबालिकाको शिक्षा, स्वास्थ्य र असहायहरुलाई समेत मनदेखिकै सहयोग गर्दे आएकाछन् । भविश्यमा पनि समाजसेवालाई निरन्तरता दिदै जाने उनको लक्ष्य रहेको छ ।

सामाजिक काममा संलग्न हुन पाउँदा उन्को दिल खुशी हुन्छ भने मन प्रफूल्ल हुन्छ । उनीसँग नेपालको सामाजिक क्षेत्रमा काम गर्ने दिर्घकालिन योजना छ । आफ्नो धर्ती, जन्मभूमि र त्यहि प्यारो गाउँको बारेमा सम्झना स्वरुप बजारमा आउन लागेको एल्बमले उन्को गाउँ प्रतिको मायाँलाई देखाएको छ । सुख भोग भन्दा पनि दुःखबाटै भविश्य खोज्ने उन्को इच्छा छ । अमेरिकामा बसेको एउटा शेर्पाले ल्याउन लागेको एल्बमको नामले त्यहि देखाउँछ पनि ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *