हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार आफूहरूमा संक्रमणा पुष्टि भएको कलाकार आचार्यले फेसबुकमार्फत बताएका छन् ।

उनले लेखेका छन्, ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पीसीआर परीक्षण गरेका थियौं । हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’

कोरोना संक्रमण पुष्टि भएपनि आफूहरुको स्वास्थ्य अवस्था सामान्य भएको आचार्यले बताएका छन् । साथै आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन उनले आग्रह गरेका छन्।