चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

news-details

नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए ।

४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।

दिनेश राउत निर्देशित चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । तत् पश्चात उनले चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् ।

चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय छेतन ‘हुतुतु’ नामक चलचित्रको लेखनमा व्यस्त थिए ।

गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *