‘ढोका’ फिल्ममा कोरोनाको कथा

news-details

‘बरु बनको बाघले खाओस मनको बाघले नखाओस’ यो नेपाली उखानलाई ‘ढोका’ फिल्ममा उतारिएको छ ।

विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ‘ढोका’ फिल्म सार्वजनिक भएको छ ।

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ‘ढोका’ फिल्मको लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।

आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोकामार्फत उतारिएको निर्दशक धितालले बताए ।

फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन को पनि काम गरेका छन् ।

‘ढोका’लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

यस कथा वस्तुलाई पर्दामार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ ।

फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ ।

भिडियो हेर्नुस

https://www.youtube.com/watch?v=_ie3HYNs8NI&feature=emb_title

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *