अमेरिकामा तामाङ निर्देशित नेपाली डकुमेन्ट्रीले जित्यो दुईवटा अन्तराष्ट्रिय अर्वाड

news-details

नेपालकै हिमाली भेगको भेडी गोठालोको जीवनमा आधारित नेपाली डकुमेन्ट्री सिनेमा ‘अ डे इन दि लाइफ अफ हिमालयन सेफर्ड’ ले अमेरिकामा पहिलो पुरस्कार जित्न सफल भएको छ ।

शिकागोमा हालै सम्पन्न आलदारी अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा अर्वाड जितेको हो ।

पत्रकारिता क्षेत्रमा कृयाशिल न्युयोर्क निवासी मानछिरिङ तामाङद्धारा निर्देशीत उक्त डकुमेन्ट्री उत्कृष्ठ अवार्डसहित अन्य दुई विधाको पुरस्कार पनि जितेको छ । अर्वाड जितेको उक्त नेपाली डकुमेन्ट्रीलाई आयोजकले लस एन्जल्सको एक फिल्म फेस्टिबलमा साता दिनसम्म प्रदर्शन गदैछ ।

यस अघि पनि उनको डकुमेन्ट्रीले न्युजर्सिमा उत्कृष्ठ डकुमेन्ट्री अर्वाड जितेको थियो । नेपालको धादिङ जिल्लाको रुबी भ्यालीमा भेडापालनलाई विषय बनाएर उनले अ डे इन दि लाइफ अफ हिमालयन सेफर्ड बृत्तचित्र बनाएका थिए ।

आफनो हजुरबुबा र बाबुको बिडो थाम्दै भेडापालनमा जीवन समर्पित गरेका ४५ वर्षिय खरिमान तामाङको जीवनी डकुमेन्ट्रीमा देखाइएको छ । भेडापालनबाटै उनले आफनो परिवारको जीपिकोपार्जन गरेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *