अर्जुन र राजेशपायलको ‘त्यो तिमि हौ’मा दयाहाङ र आँचलको रोमान्स

news-details

अर्जुन पोखरेलको संगित र राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत ‘त्यो तिमि हौ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखीसकेकी छिन् ।

मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा चलचित्रका नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचर्ड गरिएको छ ।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायाँकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् ।

भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस गीतको म्यूजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *