भारतिय अभिनेता सञ्जय दत्तलाई लाग्यो क्यान्सर

news-details

बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । भारतिय मिडियाको अनुसार उनलाई तेस्रो चरणको क्यान्सर लागेको छ । उनी उपचारको लागि अमेरिका उडदैछन् ।

केहि दिन अगाडी श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । सञ्जयले एक टुविटमा लेखेका छन्, ‘मेरो साथी, चिकित्सा उपचारको लागि म केहि दिन आफ्नो कामबाट ब्रेक लिदैछु । मेरो परिवार र साथी मेरो साथमा छन् । मेरो शुभचिन्तकलाई चिन्ता नगर्न आग्रह गर्दछु । तपाईहरुको माया र शुभकामनाले छिट्टै फर्किन्छु, अनावश्यक अनुमा नलगाउनु होला ।’

श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ती भएका सञ्जयको कोभिड–१९ परीक्षण गरिएको थियो । तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *