गायक प्रेमराजा महत र उनकी श्रीमतीमा कोरोना संक्रमण

news-details

गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना संक्रमणमा परेका छन् । महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा व्यवसाय गर्दै र बस्दै आएको छ ।

आफूलाई कोरोना संक्रमण भएको गायक महतले सामाजिक सञ्जालमार्फत जनाएका छन् । महतले लेखेका छन्, ‘ध्यान राख्दा-राख्दै दुर्भाग्यवश हाम्रो श्रीमान-श्रीमती पनि यसबाट जोगिन सकेनौ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं ।’

अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका गायक महत मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सन् १९९०को दशकदेखि व्यवसाय गर्दै र बस्दै आएका छन्। उनले नेपाल हाउस नामक रेष्टुराँ चलाएका छन् भने सामाजिक रूपमा पनि निकै सक्रिय छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *