भारतीय अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पुष्टि

news-details

भारतीय सिने जगतका हस्ती अमिताभ बच्चन र उनका पुत्र अभिनेता अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ ।

बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गरेका हुन । ट्वीटमा उनले आफूमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गरेका थिए ।

तर उनका छोरा अभिषेक बच्चनले पनि केही बेरमा ट्वीट गरी आफू पनि सङ्क्रमित भएको जानकारी दिएका छन ।

उनीहरू दुवै जनालाई मुम्बइको नानावती अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन ।

अमिताभले उनीसँग दश दिनअघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *