बैवाहिक सम्वन्धमा बाधिए चर्चित संगीतकार अर्जुन र गायिका दुर्गा

news-details

पछिल्लो पुस्ताका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक सम्वन्धमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा शुक्रबार विहान सीमित पारिवारिक सदस्यकाबीच उनीहरुको बैवाहिक कार्यक्रम सम्पन्न भएको हो ।

विगत लामो समयदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका यी दुबैले लामो समयको प्रेमलाई बैवाहिक जीवनमा परिणत गरेका हुन् । पोखरेलको संगित र खरेलको स्वर रहेका धेरै गित नेपाली संगितको क्षेत्रमा चर्चित बनेका छन ।

यसअघि बैशाखमा बिवाह गर्ने तयारी भएपनि कोरोना महामारीका कारण हुन नसकेपछि अहिले सीमित पारिवारिक सदस्यहरुको सहभागितामा वैवाहिक कार्यक्रम सम्पन्न गरेको पारिवारिक स्रोतले जानकारी दियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *