दिवेश पोखरेल बने अमेरिकन आईडलको उपविजेता

news-details

नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औं संस्करणको उपविजेता भएका छन । आइतबार राती सम्पन्न फाइनल राउण्डमा दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनेकी हुन ।

यस अघि दिवेश पोखरेललाई अमेरिकन आईडलको उपाधि दावेदारका रूपमा हेरिए पनि उनले विबेता बन्न आवश्यक भोट पाउन सकेनन र जस्ट साम नामकी अमेरिकी युवतीले उपाधी जितेकी हुन ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका हुन । २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका थिए । कुनै पनि नेपाली यस किसिमको विश्व चर्चित रियालिटी सोमा यने स्थानसम्म पुगेका छैनन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *