नारायण रायमाझी र शान्तिश्रीले ल्याए सीमा सम्झाउने मर्मस्पर्शी गीत

news-details

चर्चित गायक तथा निर्देशक नारायण रायमाझी र शान्तिश्री परियारको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘आमा तिम्रो छातिको पाटो, छिमेकीले बनायो मूलबाटो’ सार्वजनिक भएको छ।

भारतले सीमा अतिक्रमण गरेको विषयलाई लिएर सिर्जना गरिएको गीतमा रमेश बिजीको शब्द रहेको छ भने संगित गायक रायमाझीकै रहेको छ ।

रिमा इन्टरटेन्टमेण्टको युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा बिबि अनुरागीको संगीत संयोजन रहेको छ भने मिकसिङ श्यामश्वेत रसाइली र रेकर्डिङ तेजेन्द्र गुरुङको रहेको छ।

नेपाली लोकबाजामा रहेको गीतमा सारङ्गी हेमन्त कान्छा र बाँसुरी रत्न बिकले बजाएका छन् । गीतको भिडियो छायांकन, सम्पादन र कलर मिराज अर्यालले गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *