दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा पर्न सफल

news-details

यलु जोशी । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरिरहेका छन ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेको सो कार्यक्रममा श्रोताको भोटबाट उनी टप सेभेनमा पुग्न सफल बनेका हुन ।

दिवेशको दमदार प्रस्तुतिबाट जजहरु निकै प्रभावित हुने गरेको र उनलाई अहिले अमेरिकन आइडलको दरो प्रतिश्पर्धीका रुपमा पनि हेरिने गरिएको छ । यो चरणमा पनि छनोट हुन सफल भए उनी टप फाइभ अर्थात फाइनलमा पुग्नेछन । फाइनल प्रतिश्पर्धा यही मे १७ मा हुने छ ।

उनको प्रस्तुतिमा भोटिङका लागि अमेरिकी आइडलको वेभसाइटमा गएर वा एप मार्फत गर्न सकिने छ । यो सुविधा अमेरिकामा बस्नेका लागि मात्र भएको हो तर नेपालबाट भोट गर्न चाहेमा भिपिएन डाउनलोड गरी गर्न सकिने छ ।

उनले टप सेभनेका लागि भएको प्रतिष्पर्धामा आमाको अगाडि बन इभेरको ’हे मा’ बोलको गीत गाएका थिए । उक्त गीत गाउदा उनले विगतमाझै निर्णायकबाट राम्रो प्रशशा पाएका थिए ।

टप सेभेनमा उनीसँगै फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो, लुइस नाइट, जोनी वेस्ट, जस्ट साम, डिलोन जेम्स आगामी चरणका लागि छनौट भएका छन् ।

काठमाडौँको रविभवनमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुगेका हुन । उनले विश्वभरका युवाहरुलाई आफ्नो सपना पछ्याउन प्रेरित गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन् ।

पोखरेललाई अबको यात्राको लागि प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिने भएको कारण अमेरिकन आइडलले एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उहाँलाई केही अंक प्राप्त हुनेछ र अर्को चरणसम्म पुग्न सहयोग पुग्नेछ ।

पोखरेलले आफ्नो फेसबुकमार्फत पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अनुरोध समेत गरेका छन ।

https://www.youtube.com/watch?v=_b218ewbbfs

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *