नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा

news-details

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल (आर्थ गन)ले अमेरिकी आइडलको टप टेनमा आफ्नो स्थान सुरक्षित गरेका छन ।

अमेरिकी आइडलको सुरुका चरणबाटै जजहरुको मन जित्न सफल पोखरेलले टप टेन अघि धएको प्रतिष्पर्धामा जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदा जजहरु निकै प्रशन्न भएका थिए ।

पोखरेलले आफनो फेस बुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त गर्दै आफुलाई सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका छन ।

यस्तै दिवेश पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेकोमा आफू निकै खुशी भएको भन्टै ट्वीट नै गरेर प्रशन्नता व्यक्त गरेका छन ।

https://www.youtube.com/watch?v=9Gz83cHPqgE&feature=emb_title

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *