राष्ट्रिय सङ्गीतकर्मी संघको कोरोना प्रभावितलाई सहयोग

news-details

नेपाली कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीतकर्मी संघले कलाकारिता क्षेत्रमा लागेका कोरोना भाइरसबाट प्रभावितहरुलाई सहयोग प्रदान गरेको छ ।

कलाकारिता क्षेत्रमा आवद्ध गायक गायिका, चलचित्रकर्मी, प्राबिधिक, सङ्गीतकार, गीतकारका साथै दैनिक मजदुरी गर्ने चेपाङ्ग समुदाय,दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको हो ।

संघका अध्यक्ष राजेन्द्र कार्कीको संयोजकत्वमा बिपत ब्यबस्थापन समिति बनाएर नै राहत वितरण गरिएको हो । संघका महासचिव बिक्रम जङ्ग शाहलगायत चर्चित गायक गायिका साथै संघका पदाधिकाकारीहरु अमृत खाती, उमा श्रेष्ठ, नमराज ढुंगाना, श्याम धिताल, सिर्जु अधिकारी ,राजकुमार हुमागाई, होम सुवेदी ,मिलन श्रेष्ठ, सुमी श्रेष्ठ लगायतले दैनिक ३ वटा समूह बनाएर राहत बितरण गरेको जनाइएको छ ।

संघले अहिलेसम्म उपत्यकाको सूर्यबिनायक, ठिमी,लोकन्थली ,काडाघारी ,मुलपानी, टोखा ,सरस्वती खेल, कौसलटार ,कोटेश्वर ,जडीबुटी ,इमाडोल ,सिनामंगल, मित्र पार्क, चाबहिल ,जोरपाटी ,नयाबस्ती ,गोठाटार ,आरुबारी ,धुम्बाराही, सामाखुसी ,ग्रीन्ल्याण्ड, माछापोखरी ,सोर्हखुट्टे, कालीमाटी ,बल्खु ,कलन्की, ढुङ्गेअड्डा लगायतका विभिन्न स्थानमा पुगी करीब ३ हजारभन्दा बढी ब्यक्तिहरुलाई सहयोग गरेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *