रहेनन बलिउडका चर्चित कलाकार ऋषि कपुर, ६७ वर्षको उमेरमा निधन

news-details

बलिउडका चर्चित कलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहिबार निधन भएको छ ।

क्यान्सरबाट पीडित कपुरको स्वास्थ्यमा एकाएक समस्या आएपछि बुधबार मुम्बइको एक अस्पताल लगिएकोमा त्यहाँ उनको उपचारको क्रममा निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

उहाँ लामो समयदेखि क्यान्सर र स्वास्प्रष्वास रोगबाट पीडित हुनु हुन्थ्यो । यसअघि बुधबारमात्रै बलिउडले अर्का चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।

ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए । उनका छोरा रनविर कपुर पनि अहिलेका बलिउडका चर्चित नायक हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *