चार हजार रुपैयाँ धरौटीमा छुटिन गायिका आस्था राउत

news-details

प्रहरी हिरासतमा रहेकि गायिका आस्था राउतलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई धरौटी लिएर रिहा गर्न आदेश दिएका हुन् ।

गत माग १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा अभद्र व्यबहार गरेको भन्दै गायिका आस्था राउत विरुद्ध महिला प्रहरी प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि जिल्ला प्रशासन कार्यालयको आदेशमा पक्राउ पुर्जि जारी गरिएपछि गायिका राउत प्रहरी सामु सोमबार बिहान आफै उपस्थित भएकी थिइन ।

यसपछि प्रहरीले राउतलाई अनुसन्धानका लागि ७ दिनको समय मागेर सोमबार जिल्ला प्रशासन कार्यालय पेश गरेकोमा प्रशासन कार्यालयले अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

तर प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो र सोही आधारमा आज जिल्ला प्रशासन कार्यालयमा गायिका राउतविरुद्ध अभियोगपत्र पनि दायर भइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *