गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौको अनुमति

news-details

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा अभद्र व्यबहार गरेको भन्दै गायिका आस्था राउत विरुद्ध महिला प्रहरी प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन ।

किटानी जाहेरी परेपछि अभद्र व्यवहार सम्बन्धी कसुरमा गायिका राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले माघ ५ गते प्रहरीलाई अनुमति दिएकोमा गायिका राउत आफै सोमबार बिहान प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन । त्यसपछि प्रहरीले उनलाई म्याद थपको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो ।

अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी परेकाले थप अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गर्नका लागि म्याद थप गर्नुपरेको प्रहरी दाबी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *