मलेसियामा चाइनिज नयाँ बर्षको अवसर पारेर नेपालका चर्चित कलाकारसहितको १३ औं रिमिक्स धमाकाको तयारी अन्तिम चरणमा पुगेको छ । मलेसियामा १२ वटा रिमिक्स धमाका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको आयोजकले १३ औं रिमिक्स धमाका गरेर यो बर्ष मलेसियामा रहेका नेपालीलाई भरपुर मनारेरञ्जन प्रदान गर्ने जनाएको छ ।

‘यस पटकको रिमिक्स धमाका कार्यक्रमलाई हामीले अघिल्लो वर्षको भन्दा धेरै व्यवस्थित र धमकेदार बनाउने छौं’ आयोजक राजेश श्रेष्ठले रोजगार मञ्चलाई भने–‘ कार्यक्रमका लागि सबै तयारी पुरा भइसकेकोछ, कलाकारको स्वागत गर्न आतुर छौं ।’

यस बर्ष नेपालबाट समावेशी हिसावले कलाकारहरु झिकाई मलेसियामा रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिनका लागि प्रमोद खरेल, रामजी खाँड, बिबेक लामा, एलिना रायमाझी र चर्चित हट एण्ड सेक्सी थारु, भोजपुरी गायिका तथा मोडल अन्जु कुश्मी (फुलकुमारी) गरि ५ जना कलाकारहरको बेजोड प्रस्तुती रहने जनाइएको छ ।

मलेसियालाई कर्मथलो बनाएका स्थानीय कलाकारहरुको पनि सक्रिय सहभागिता रहने छ । आयोजक श्रेष्ठ भन्छन्–‘स्टेज शो किङ प्रमोद खरेलको बेजोड प्रस्तुति रहने छ भने लोक संगीतका धरोहर रामजी खाँडको समय सापेक्ष दोहोरी, त्यसै गरि बिबेक लामाको विशेष प्रस्तुति साथै मैथिली, भोजपुरी, थारुलगायतका समुदायलाई समेट्न अन्जु चौधरीको विशेष प्रस्तुति र नेपाली चलचित्र जगतकी उदयीमान नायिका एलिना रायमाझीको धमकेदार प्रस्तुति पस्कनेछौं ।’

मलेसियामा १३ औं रिमिक्स धमाकाको भब्य तयारी

चाइनिज नयाँ बर्षमा लामो विदा हुने भएकाले मलेसियाका विभिन्न स्थानमा कार्यक्रम हुँदैछन् । जनवरी २६ मा पञ्चोर बातुपहाड मलेसिया, २७ जनवरीमा चेम्मेर्लाङ जोहोरबारु र २८ जनवरीमा होटल ग्राण्ड कन्टिनेन्टल क्वालालम्पुर मलेसियामा भिआईपी शो आयोजना गरिएको छ । ‘आफुलाई पायक पर्ने स्थानमा सम्पुर्ण नेपालीहरुलाई रिमिक्स धमाका कार्यक्रममा पाल्नु भई यो अवसरको भरपुर सदुपयोग गर्नुहुन अनुरोध छ’ आयोजकको विशेष आग्रह छ ।

रिमिक्स धमाकाले विगत २००७ देखि मलेसियाका विभिन्न शहर, स्थानहरुमा रहेका नेपालीलाई नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिंदैे आइरहेको छ । यस्तो कार्यक्रमले बिदेशी भूमिमा निकै ठूलो अर्थ राख्छ ।