चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन

news-details

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा असामयिक निधन भएको छ ।

स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि ओम अस्पताल लगिएको उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

उनको मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन । ५४ वर्षिय भट्टराईको एक पत्नी र छोरा रहेका छन् ।

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका उनले पछिल्लो पटक ‘यात्रा’ नामक सिनेमा निर्माण गरेका छन् ।

‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए ।

प्रधानमन्त्री ओलीद्धारा समवेदना प्रकट

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र दुई दिनअघि निधन भएका कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भने , “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *