सन्देशमूलक लघुचलचित्र ‘प्रतिफल’ सार्वजनिक

news-details

राघव आचार्यको कथा तथा निर्देशक रहेको सन्देशमूलक छोटो चलचित्र ‘प्रतिफल’, रिमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त लघुचलचित्रमा मोबाईल प्रयोग गरी मोटरसाइकल चलाउदा बालकको मृत्यु भएको घटनालाई आधार मानेर निर्माण गरिएको छ ।

बिगत लामो समय देखी नेपाली गीत संगीतको क्षेत्रमा काम गर्दै आएका राघव आचार्यले ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसके पछि आचार्य केहि बर्ष अघि मुम्बईमा अभिनय कोर्ष सम्पन्न गरी केहि हिन्दी सिरीयलमा समेत काम गरेर नेपाल फर्किए लगतै समाजमा दिनहु भईरहेको घटनालाई आधारित बनाएर एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको ‘प्रतिफल’ को निर्देशन गरेका छन् ।

कथा परिकल्पना स्यंम् आचार्य आफैले गरेका हुन भने छायांकन तथा सम्पादन मिराज अर्यालको रहेको छ । जसमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

https://www.youtube.com/watch?v=IwZ3uNWAjbI

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *