चर्चित गायक नारायण रायमाझिले ल्याए मनै छुने यस्तो तिज गित (भिडियोसहित)

news-details

चर्चित लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझिले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर निकै नै मार्मिक र मनै छुने तिज गित ‘हे मेरि आमा’ सार्वजनिक गरेका छन ।

नाच्ने गाउने, तडकभडक, हासीमजाक तथा विलौना गरिएका तिज गितकाबिचमा यर्थाथ पारिवारिक परिवेश तथा घरपरिवारको जिम्मेवारीबोधको जिवन्तता बोकेको यो गीत रिमा इन्टरटेन्टमेण्ट नेपालको युटुवबाट सार्वजनिक भएलगत्तै श्रोता तथा दर्शकमाझ लोकप्रिय बनेको छ ।

रमेश बिजीको शब्द रचना रहेको गीतमा चर्चित गायिका देवि घर्तिको स्वर रहेको छ भने संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । यस गीतको एरेन्ज बिबि अनुरागीको रहेको छ ।

रायमाझि आफैले निर्देशन गरेको गीतको भिडियोको छायांकन र सम्पादन मिराज अर्यालले गरेका छन् । गीतको भिडियोमा अनुष्का अधिकारी, हिमाला गौतम, रमेश केसी मट्टारे, अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना केसी, सन्देश रायमाझीको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको भिडियो  :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *