पल शाह र आचल शर्मालाई यसरी नचाए साहित्यकार कटुवालले (भिडियोसहित)

news-details

चर्चित नायक पल शाह र नायिका आचल शर्माको जोडीले कम्मर मर्काई–मर्काई बेजोडले नाचेको भिडियो यतिबेला चर्चामा छ । यो अवसर अरु कसैले नभई पछिल्लो समय साहित्य सिर्जनासँगै गीति लेखनमा सक्रिय सर्जक हरि कटुवालले जुराएका हुन ।

गीतकार कटुवालको नयाँ गीति सिर्जना ‘नाचौ छम छम’को भर्खरै सार्वजनिक म्यूजिक भिडियोले पल र आचललाई मात्र होइन यसका शब्द, स्वर र संगीतले सबै संगीतप्रेमीहरुलाई पनि नचाउन सफल भएको छ ।

संगितकार कमल अधिकारीको आधिकारिक युटुव च्यानलबाट सार्वजनिक भएको यस गीतमा स्वयं संगितकार अधिकारीसँगै चर्चित गायीका मेलिना राईको आवाज सुन्न सकिन्छ ।

डान्सिङ फ्लेबरको यस सिर्जनाले माया पिरतीसँगै एक पलको जिन्दगीमा हासी खुसी जिउनुपर्छ भन्ने सन्देश दिएको छ । गीतको म्यूजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन भने छायांकन अर्जुन तिबारीको रहेको छ ।

हेर्नुहोस गीतको म्यूजिक भिडियो :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *