कलाकार ढकाल अभिनित ‘किन झरे आँशु यती’को म्युजिक भिडियो बजारमा

news-details

गित संगितको क्षेत्रमा होमिएका बर्दिवास नगरपालिका वडा नम्वर ५ चेरु बस्ने विनोद ढकालले आफ्नो सातौं म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

ढकाल र कृशला सुनुवार फिचरिङ रहेको किन झरे आँशु नामक नयाँ अफिसियल म्युजिक भिडियो केही दिन अघि बजारमा आएको हो । उक्त म्युजिक भिडियोमा मनी बाँस्तोलाको शब्द, स्वर र संगित रहेको छ ।

डिएनएस प्रोडक्सनले बजारमा ल्याएका भिडियोे विजय कृष्ण श्रेष्ठको निर्देशनमा बनेको हो । म्युजिक भिडियोमा धनी केटी र गरिव केटाबीचको प्रेम सम्वन्ध जोडिएको छ ।

भिडियोमा प्रेमीका पाएर जीवनमा निक्कै खुसी भएका एक युवाको कथा समेटिएको छ । भिडियोमा प्रेम सम्वन्धलाई टिकाई राख्न ति युवाले कुनै कसर बाकी राखेका छैनन् ।

युवाले घरमा राखेको पैसा चोरेर खर्च गरेपनि अन्तत युवती टाढीएको र रकम अभाव हुदा उपचार गर्न नपाएर ति युवाको बुबाको मृत्यु भएको विषयवस्तुलाई चित्रण गरिएको छ ।

कलाकार विनोद ढकालको यसअघि ६ वटा म्युजिक भिडियोहरू बजारमा आईसकेका छन् । गायिका अन्जु पन्तदेखि लिएर गायक बिष्णु सुबेदी, नवराज खतिवडा, दिपक नेपाली, रूपक डोटेल लगायतको स्वरमा आफ्नो अभिनय देखाइसकेका छन् ।

https://www.youtube.com/watch?v=8KY8ZzvFTDU&feature=youtu.be&fbclid=IwAR19DTUv6iA0_oA4ehHKC0o83ILZjTh_U-bnIbx1me3gR0uKNyr8ng4wDzs

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *