‘द भ्वाइस अफ नेपाल सिजन-२’को कोचमा राजु लामा र आस्था राउतको इन्ट्री

news-details

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन-२’ मा कोचको रुपमा राजु लामा र आस्था राउतको इन्ट्री भएको छ । गत वर्ष देखि नेपालमा सुरु भएको रियालिटी सो दी भ्वाइसको दोस्रो संस्करणमा पहिलो संस्कारका कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बाको स्थानमा राजु लामा र आस्था राउतलाई इन्ट्री गराइएको हो ।

पहिलो सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण भएको यो सो दोस्रो सिजन हिमालय टेलिभिनबाट प्रशासन हुने भएको छ ।

पहिलो सिजनमा रहेका कोचहरु प्रमोद खरेल र दीप श्रेष्ठले निरन्तरता पाएका छन् । सिजन २ को ब्लाइन्ड अडिसनको सुटिङ बुधबारबाट सुरु हुने आयोजकले जनाएको छ ।

झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा विभिन्न छनौट चरण पार गरी १ सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

कार्यक्रम साउनको पहिलो सातादेखि शुक्रवार र शनिवार साँझ ८ बजे प्रशारण हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *