चलचित्र कलाकार संघको अध्यक्षमा खड्का विजयी

news-details

चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।

यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेती र सानु कुमार ताम्राकार, महासचिव पदमा चेतबहादुर सिंह, सचिव पदमा पनाहा अधिकारी, सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्य विजयी भइन् ।

त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

नवनिर्वाचित अध्यक्ष रविन्द्र खड्काले आफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *