संचारकर्मी शरण हुमागाईंको नयाँ गीत ‘हाँस्ने खेल्ने…’ सार्वजनिक (भिडियोसहित)

news-details

लोक दोहोरी गायक तथा संचारकर्मी शरण हुमागाईंले आफ्नो नयाँ गीतिसिर्जना ‘हाँस्ने खेल्ने…’ भिडियोसहित सार्वजनिक गरेका छन । गीतमा हुमागाईलाई गायीका सपना गुरुङ्गले साथ दिएकी छिन ।

डिएआर मुभिजको प्रस्तुतिमा सार्वजनिक भएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो तथा शब्द शरण हुमागाईंको रहेको छ ।

पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् ।

हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ । दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ ।

म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ ।

केही दिन अघिमात्र सपनी नामक लोक दोहोरी गीत लिएर आएको डिएआर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको र सो अघि केही अरु गीत ल्याउने जनाएको थियो ।

हेर्नुहोस गीतको म्यूजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *