प्रभावन र गीतादेवीको नयाँ लोक दोहोरी ‘सपनी’ सार्वजनिक (भिडियोसहित)

news-details

लोक दोहोरी गायक प्रभावन जे र गायीका गीतादेवीको सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ ।

गितको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन । प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् ।

म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशि गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

केहि समय अघि मात्र सत्य घटनामा आधारित ‘जालमा फसायौ भाग १’ लिएर आएको डिएआर मुभिजले ‘जालमा फसायौ भाग २’ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि लेराउने जानकारी डिएआर मुभिजले गराएको छ ।

‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट आम श्रोता तथा दर्शक माझ सार्वजनिक भएको हो ।

हेर्नुहोस गीतको भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *