नायिका केकी अधिकारीलाई गायक मिराजले जुराइदिए ‘मर्दको छोरा’ (म्युजिक भिडियोसहित)

news-details

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका केकी अधिकारीले आफ्नो लागि मर्दको छोरा पाएकी छिन् । उनको विवाहको चर्चा चलिरहेको अवस्थामा आफ्नो लागि ‘मर्दको छोरा’ भेटेकी हुन् । आफ्नो लागि उपर्युक्त जोडी नपाइरहेको बताउने नायिका अधिकारीलाई गायक मिराज अर्यालले सबै जुराइदिएका छन् ।

नायिका अधिकारीलाई आफ्नो रियल जिवनमा नभई आफु अभिनित म्यूजिक भिडियोमा मर्दको छोरा सार्वजनिक गरेकी छिन् । मोडल तथा डान्सर राजेश सुनारलाई केकीले आफ्नो जीवन साथी भेटेकी छिन् ।

गायक मिराज अर्यालले ल्याएको नयाँ गीत ‘मर्दको छोरा’को म्युजिक भिडियोमा केकी अधिकारीको साथमा राकेश सुनारको दमदार फिचरिङ गरेका छन् । डान्सिङ गीत लिएर आएका गायक अर्यालको यो म्युजिक भिडियोले नेपाली युवायुवतिमा छुट्टै तरङ्ग ल्याउनेछ ।

काठमाडौंको ओपील्याण्ड तथा ठमेलमा छायांकन गरिएको म्युजिक भिडियोले नेपाली साँगितिक क्षेत्रमा नयाँ आयाम थप्नेछ । रिमा इन्टरटेनमेण्ट नेपालको प्रस्तुति रहेको म्युजिक भिडियोलाई विनोद रिताले निर्देशन गरेका छन् ।

भर्सटाइल गायक अर्याल आफैंले निमार्ण गरेको म्युजिक भिडियोलाई हरिनारायण चौधरीले खिचेका छन् भने सम्पादन गायक अर्याल आफैले गरेका छन । चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको आर्शिवादले साँगितीक बजारमा आउनसकेको अर्यालको भनाई छ ।

अर्यालको स्वरमा सजिएको उक्त गीतमा अर्जुन सुनामले संगित भरेका छन् भने शब्द रचना लोकेस खनालको रहेको छ । यस्तै गीतको एरेन्ज ओम सुनारले गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *