नेपाली साँगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइरहेका राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय उपाध्यक्ष रमेश दुलाल ‘कागे’को आफ्नो नामबाट ‘रमेश दुलाल मनोरञ्जन साझ २०७६’ भब्यताकारुपमा सम्पन्न भएको छ ।

गत जेष्ठ ६ गते राष्ट्रिय नाचघर जमलमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । स्मृति म्युजिक प्रालिको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

विभिन्न कलाकार, व्यावसायी तथा समाजसेवीहरुलाई सम्मान गरिएको कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, समाजसेवी नारायण सापकोटा, समाजसेवी केपी खनाल, चर्चित निर्देशक शंकर वि.सि, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समिति अध्यक्ष पिएन सापकोटा, गायिका निरु पराजुली, नृत्याङ्गना प्रियंका नेपाली, डि डि सेक्युरिटि सर्भिसका सागर कुमार कार्की, गायक रंजित परियार, गायिका पुजा पुरी, गायिका कालिका रोका, व्यावसायी सेखर बस्नेत, गायक सरोज लामिछाने रहेका थिए ।

रमेश दुलाल ‘कागे’ले गरे आफ्नै नामको सांगीतिक साँझ

कार्यक्रमका आयोजक रमेश दुलाल कागेले कलाकारहरुको हक हितको लागि आफु सधै समर्पित भएको बताउदै कार्यक्रममा सम्मानित हुने लगायत अन्य सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले भने–‘मेरो सारा जीवन नै गीत सङ्गीतको लागि हो । मेरो जीवनभर म नेपाली लोक गीत सङ्गीत र संस्कृतिको जगेर्नामै समर्पित रहनेछु ।’

कार्यक्रममा कलाकारहरु तथा गायिका आशा लामा, गायक सरोज लामिछाने, गायिका पुजा पुरी, गायिका कालिका रोका, गायक प्रकाश कटवाल, डान्सर प्रिती तामाङ,कलाकार रमेश दुलाल कागेलगायतले विशेष प्रस्तुति दिए ।

रमेश दुलाल ‘कागे’ले गरे आफ्नै नामको सांगीतिक साँझरमेश दुलाल ‘कागे’ले गरे आफ्नै नामको सांगीतिक साँझ